त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पोखरामा २०८२।१२।२१ देखि २६ सम्म " शिक्षकहरुको क्षमता अभिबृद्बी" शीर्षकको दोस्रो चरणमा आवासीय तालिमको प्रारम्भ भएको छ। सहभागिमुलक र नवप्रवर्तनात्मक शैक्षिक विधि, शिक्षण र सिकाईमा मूल्याङ्कन प्रणालीहरु, सिकाईमा सूचना प्रविधिको प्रयोग, विश्वभरका कार्यक्षेत्रमा आवश्यक प्रतिस्पर्धी पाठ्यक्रम र शिक्षण विधिका साथै अनुसन्धानमुलक लेखन तथा प्रकाशन गरी पाँच(५) वटा क्षेत्रलाई समेटेर दिइने तालिमको उदघाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले गर्नुभयो । क्षमता अभिवृद्बी तालिममा २५ जना आंगिक क्याम्पस र ५ जना सामुदायिक क्याम्पसका शिक्षकहरु गरी ३० जनाको सहभागिता रहेको छ । ७५ घण्टाको उक्त तालिम एकहप्ता आवासिय र बाँकी १० दिन विद्युतिय माध्याम (अनलाइन) मार्फत दिइने छ ।
तालिमको उदघाटनसत्रलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले देशहरुलाई आवश्यक सम्पूर्ण विधाका उत्कृष्ट शिक्षकहरु निर्माण गर्ने राष्ट्रीय जिम्मेवारी निर्वाह गर्दै आइरहेको शिक्षाशास्त्र सङ्कायलाई तालिम लागयतका माध्यामवाट थप सक्षम र अनुकरणीय शिक्षकहरु निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभएको थियो। उहाँले शिक्षकहरुको क्षमता अभिवृद्बी तालिमले समग्र विश्वविद्यालयको शैक्षिकस्तर सुधार्न महत्वपूर्ण योगदान गर्ने, नयाँ विषयवस्तुका बारेमा शिक्षकहरुलाई अद्यवधिक गरी शिक्षण सिकाईलाई व्यवस्थित गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । तालिममा उपस्थित शिक्षकहरुलाई उच्चमनोवलका साथ तालिममा संलग्न हुन, सकरात्मक संस्थागत भावनावाट प्रेरित भई अनुसन्धान र प्रकाशनमा विशेष प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।